कोरोनाबाट एक अर्ब संक्रमित हुन सक्ने !

0
Shares

न्युयोर्क ,एजेन्सी ।

एउटा अन्तर्राष्ट्रिय दातृ समुहले मंगलवार यदि जोखिममा परेका मुलुकहरुलाई यथाशिघ्र आवश्यक सहयोगहरु उपलब्ध नगराइएको खण्डमा विश्वमा एक अर्व मानिसलाई केरोना भाइरस संक्रमित हुन सक्ने चेतावनी दिएको छ । इन्टरनेसनल रेस्क्यु कमिटी ( आइआरसि) ले विश्व व्यापि रुपमा कोभिड १९ महामारीको न्युनिकरणका लागि अर्थिक र मानविय राहत उद्धारको आवश्यकता भएको जनाएको छ ।

यस समुहले अफगानिस्तान र सिरिया जस्ता जोखिमपूर्ण राष्ट्रका लागि कोरोना नियन्त्रणका लागि ततकाल आर्थिक सहयोगको जरुरी रहेको जोड दिएको छ । आइआरसिको यो डरलाग्दो प्रतिवेदन विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) र इम्पेरियल कलेज लनडनको नमुना तथा तथ्यांकमा आधारित रहेको छ । साथै यस समुहले विश्वका दर्जनौं हिंसाग्रस्त र अस्थिर मुलुकमा ३० लाख भन्दा बढि मानिसको ज्यान जाने भविष्यवाणी पनि गरेको छ ।