बिभिन्न शक्ति केन्द्र रिझाउने खेलमा सक्रिय कालाबजारीया सुलभ अग्रवालप्रति कडा बन्दै प्रहरी


दीपक रिजाल,काठमाडौँ ।

थर्मल गनको कालोबाजारी गरेको अभियोगमा दरवारमार्ग प्रहरी हिरासतमा रहेका उद्योगी शुलभ अग्रवाललाई प्रहरी बुधबार मुद्धा दायर गर्ने तयारी गरेको छ ।कालो बजारी ऐन र ठगीमा मुद्धा दायर गर्ने तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौ प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उद्योगी अग्रवाललाई छुटाउन केही ब्यापारीले सरकार र प्रहरी प्रशासनलाई दवाव दिएपनि सरकारले भने कडा कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको बताइएको छ । प्रहरी उच्च स्रोतका अनुसार अहिले बिभिन्न शक्ति केन्द्र रिझाउने क्रममा रहेका अग्रवालका आफन्तले प्रहरीलाई मुद्धा कमजोर बनाइदिन आग्रह गरेपछि प्रहरीले अझै कडा रुपमा प्रस्तुत हुने तयारी गरेको छ ।

अहिले प्रहरीले सबै प्रमाण संकलन गरेर हाजेरी बनाउने कामलाई प्रहरीले अन्तिम रुप दिएको छ । प्रहरीले कसैको पनि दवावमा नपरी मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।