आविष्कार केन्द्रले बनाएको बिरामीलाई खाना र औषधि पुर्‍याउने ‘रोबोट’ निर्माण अन्तिम चरणमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले तयार पार्न लागेको रोबोट निर्माण अन्तिम चरणमा पुगेको छ ।सो रोबोटले कोरोनाका बिरामीहरूलाई खाना, औषधिलगायतका सामाग्री पुर्‍याउने छ ।

यस्तो रोबोट नेपालकै पहिलो भएको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताए ।उक्त रोबोटलाई (५-८०) हजारको लागतमा बनेको हो जसमा रिमोट कन्ट्रोल, भिडियो डिभाइस (भिजीए) र सेन्सर रहेको छ। ती रोबोटहरु वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा बनाइएको कोरोना विशेष उपचार केन्द्रलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।

तस्वीर :उजोल डंगोल/नेपाल समाचारपत्र