मङ्गोलियामा सडक दुर्घटना चारको मृत्यु

0
Shares

उलान बटोर। 

मध्य मङ्गोलियामा भएको एक सडक दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ । दुई ओटा ट्रक एक आपसमा ठोक्किँदा भएको यस दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको राष्ट्रिय संकटकालीन व्यवस्थापन निकायले मङ्लगबार जानकारी दिएको छ ।

सोमबार राति भएको यस घटनामा चार व्यक्तिले घटनास्थलमा नै ज्यान गुमाएका मेना समाचार समितिले जानकारी दिएको छ । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको समाचारमा जनाइएको छ ।