कोरोना संक्रमितको उपचारमा खटिएकी डाक्टरद्वारा आत्महत्या

0
Shares

न्युयोर्क सिटी, (एजेन्सी) ।

अमेरिकाको न्युयोर्क शहरमा कोरोना भाइरस महामार विरुद्ध अग्र मोर्चामा रहेर सेवामा समर्पित एक महिला डाक्टरले आत्महत्या गरेकी छन् ।

प्रहरीले म्याह्याटन स्थित न्युयोर्क प्रेस्विटरियन एल्लेन हस्पिटलको आपतकालिन विभागका चिकित्सा निर्देशक डा. लोरना ब्रिनको आत्महत्याको कारण आइतवार निधन भएको जनाएके छ । उनका ४९ वर्षिय पिता डा. फिलिप ब्रिनले उनले आफ्नो कर्तव्य निभाउन चाहेको र त्यसैले उनको ज्यान लिएको न्युयोर्क टाइम्सलाई बताएका छन् ।

अमेरिकामा केभिड १९ को कारण ५६ हजार जना भन्दा बढिले ज्यान गुमाइ सकेकका छन् । न्युयोर्कमा यो संख्या १७ हजार ५ सय नाघिसकेको छ । डा. फिलिपले आफ्नी छोरीको कहिल्यै कुनै मानसिक समस्या नरहेको र उनको भर्जिनियाको चार्लोटेसभिल्लेमा मृत्यु भएको बताएका छन् ।

उनी त्यहाँ आफ्नो परिवारसंग बस्दै आएकी थिइन् । फिलिपले अगडि बताएक छन् , ‘ कोरोना भाइरस पिडित बिरामीहरुको सेवा गर्दागर्दै मेरी छारी पनि संक्रमित हुन पुगिन् । करिव दस दिनलामो उपचारबाट ठीक भएपछि उनी पुन काममा फर्केकी थिइन् ।

अस्पतालले उनलाई पुन घर फर्काउन खोजे त्यसै सिलसिलामा परिवारले उनलाई चार्लोटेसभिलले ल्याएको हो । अन्तिम पटक मसंग टेलिफोनमा कुरा हुँदा उनी निकै हताश र निरास थिइन् । उनी बिरामीहरु एम्बुलेन्सबाट बाहिर ल्याउँदै गर्दा पनि भटाभट मरिरहेको सुनाउँदै थिइन् ।