विरामी र परिवारसँग भेटाउन स्मार्ट फोन दान


न्युयोर्क (एजेन्सी)

अमेरिकाको न्युयोर्क सहित कयौं सहरमा कोरोना भाइरसबाट पीडित र उनीहरुका परिवार सदस्यबीच सम्पर्ब गराउनका लागि स्मार्टफोन र ट्याब्लेट जस्ता ग्याजेट जुटाउने अभियान चलिरहेको छ ।

मार्चमा न्युयोर्क शहरमा नर्सका लागि ट्याब्लेट जुटाउने अभियान शुरु गरिएको थियो । ती नर्सले भिडियो कलको माध्यमबाट विरामीसँग उनका परिवार सदस्यसँग कुराकानी गराउँछ । यो सुविधा स्मार्ट फोन वा चार्जर नहुनेहरुका लागि धेरै उपयोगी भएको थियो ।

उपहार पठाउने कम्पनी लुप एन्ड टाइका सीइओ रोडेलले विरामी र उनीहरुका परिवार जनबीच भिडियो कल गराउनका लािग अस्पताललाई कम्पनीले ट्याब्लेट र स्मार्ट फोन पठाउन सकिने महसुस भएको बताइन् ।

रोडेल र एक दर्जन भन्दा धरै महिलाहरुको टोलीले यो कामलाई अगाडी बढाइरहेको छ । यी महिलाहरु यसअघि एक अर्कासँग कहिल्यै भेटेका होइनन् । उनीहरुले कम्पनीसँग ट्याब्लेट दान गर्न अपिल गरेका छन् । अन्य ग्याजेट्सको खरिका लागि इन्टरनेटमा गोफन्डमी अभियान शुरु गरे । अप्रिलको तेस्रो हप्तासम्म डोनेसनका माध्यमबाट ४ हजार ५ सय डिभाइस प्राप्त गरिसकेका थिए ।

क्यालिफोर्निया युनिभर्सिटी, सानफ्रान्सिस्कोका मडिकल छात्रछात्राहरुले कोविड १९ को बेला कनेक्टिविटी नामक अभियानको सुरुवाट गरेका छन् । उनीहरुले दानबाट प्राप्त २५ ट्याब्लेटका माध्यमबाट विरामीका लािग भिडियो कल गराइरहेका छन् ।