किमका बारेमा मलाई सबै थाहा छ, तपाईहरु पनि चाँडै थाहा पाउनु हुनेछ: ट्रम्प


वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफनो प्रेस व्रिफिंगमा उत्तर कोरियाली नेता किम जोंग कुन अवस्थामा छ, भन्ने विषयमा आफुलाई राम्रो थाहा भएको बताए ।

उनले भने – म तपाईहरुलाई सबै दुरुस्त जानकारी दिन सक्दिन । हो, मलाई सबै राम्रोसँग थाहा छ । तर म अहिले यस विषयमा कुरा गर्न सक्दिन । म उनी ठीक होस भनेर कामना गर्दछु । किम जोंग उनसँग मरो अत्यन्त राम्रो सम्बन्ध छ ।

उनले भने – मलाई थाहा छ उसलाई कस्तो छ । अगाडी हेरौं । चाँडै नै तपाईहरुले पनि उनीहरुको बारेमा सुन्नु हुने छ ।

यद्यपी यस प्रेस व्रिफिंगमा डोनाल्ड ट्रम्पले केही समयपछि किम जोंग उनको बर्तमान स्थितिका बारेमा आशंका पनि बढाएको छ । उनले भने – उनले शनिबार केही भनेको छैन । उ कहाँ छ कसैलाई थाहा छैन । वास्तवमा उनले केही भनेको छैन । यो ब्रकिंग न्युज हो कि किम जोंग उनले शनिबार बयान दिएको थियो, मलाई विश्वास लाग्दैन ।

ट्रम्पले यो बयान सम्भवत उत्तर कोरियाली सन्चार माध्यमले आइतबार किम जोंग उनको नाममा प्रकाशित गरेको सन्देश प्रति लक्षित थियो । यद्दपी सन्देश तत्काल जारी भएको हो वा होइन पुष्टि भएको छैन । उत्तर कोरियाका नेता किम अप्रिल ११ पछि सार्वजनिक रुपमा देखिएका छैनन ।