लकडाउन हटाउन हतार गर्न नहुने होकाइडुको शिक्षा


टोक्यो (एजेन्सी)

जापानको उत्तरी द्विप होकाइडुले कोविड १९ विरुद्धको लडाईमा विश्व माझ एक शिक्षा दिएको छ । त्यहाँ संक्रमण फैलिएपछि छिट्टै नै कारवाही थालेका थियो । तीन हप्ताको लकडाउन घोषण भयो, तर गभर्नरले प्रतिबन्ध हटाउन हतार गर्यो । त्यसपछि संक्रमणको दास्रो लहर अत्यधिक गम्भिर बन्यो ।

जसले गर्दा २६ दिन भित्रै फेरी लकडाउन गर्नु पर्यो । होकाइडु मेडिकल एसोसिएसनका प्रमुख डाक्टर कियोसी नगासेले स्विकार गर्दै भनेका छन् – अब मलाई पछुताउ भइरहेको छ । हामीले इमजेन्सी हटाउनु हुन्नथ्यो ।

होकाइडुमा जनवरी ३१ मा बार्षिक स्नो फेस्टिवलमा २० लाख मानिस जम्मा भएका थिए । त्यहाँ ठुलो संख्यामा चिनियाँ पर्यटक आएका थिए । फेस्टिवलको सुरुवाटमा डाक्टरले वुहान, चीनबाट आएका महिलामा कोरोना भाइरसको लक्षण देखेका थिए ।

कयौं अन्य चिनिया पर्यटक विरामी भए । यसले छिट्टै नै भाइरस फैलियो । फेब्रुअरी २८ मा गभर्नरले इमरजेन्सी घोषणा गरयो । त्यतिबेला सम्म ६६ संक्रमित देखिएका थिए । स्कुल कलेज, कारोबार सबै ठप्प भए ।

५० फुड प्रोसेसिंग कम्पनी धरासायी भयो । डेरी उद्योग ध्वस्त भयो । होकाइडु जापानमा लकडाउन गर्ने पहिलो क्षेत्र थियो । देशमा धेरैपछि मात्रै आपतकालको घोषणा गरिएको हो ।

मार्चको मध्यमा स्थिति सुध्रिन थालेको थियो । मार्च १८ मा प्रतिबन्ध हटाइयो । हाकोइडुमा मानिसहरु फेरी ओइरिन थाल्यो । रेस्ुटुरेन्ट, क्याफे, बजारमा भिड हुन थाल्यो । टोक्यो, ओसाका र अन्य इलाकाबाट पनि मानिसहरु आउन थाले । यसले गर्दा छिट्टैन पुन तिब्र रुपमा कोरोना संक्रमण फैलिन थाल्यो ।

जसले गर्दा अप्रिल १४ मा पुन आपतकाल लगाउनु पर्यो । पहिलो लकडाउन हटाइएपछिको एक महिना भन्दा कम समयमा संक्रमण ८० प्रतिशत सम्म बढ्यो । बुधबारसम्म होकाइडुमा ४ सय ९५ संक्रमित आइसकका थिए । अब यहाँ निश्चिन्तताको वातावरण फेरी चिन्तामा परिणत भएको छ ।

होकाइडु युनिभर्सिटीमा अन्तराष्ट्रिय राजनीतिका भाइस डीन काजुटो सुजुकीले भने – होकाइडुबाट विश्वभरीका नेताहरुले लकडाउन हटाउने बेला शिक्षा लिनु पर्छ । संक्रमणको पहिलो चरणमाथि नियन्त्रण पाएपछि पनि निश्चिन्त हुन सक्दैन ।