सिडनी, (एजेन्सी)
अस्ट्रेलियाली सरकारले केही घन्टाभित्रै कोरोना भाइरस संक्रमणबाट बच्न मानिसहरुसंगको दूरी पत्ता लगाउने एप तयार पारेको केही समयमै दस लाखभन्दा बढी मानिसले सो एप डाउनलोड गरेको सरकारी सूत्रले सोमबार जनाएको छ ।
कोभिड सेफ स्मार्टफोन एप ब्ल्युटुथ वायरलेस सिग्नलमार्फत १ दशमलव ५ मिटर परबाटै ‘डिजिटल ह्यान्डसेक ’ गराउने गर्दछ । यसरी कुनै पनि व्यक्तिको सम्पर्क लग गरेर त्यसलाई इन्क्रिप्ट गर्दछ । साथै यसले प्रयोगकर्तालाई कोरोना भाइरस संक्रमित अर्को एप प्रयोगकर्ता नजिक आउनुअघि नै सूचना दिने गर्दछ ।
जोहन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अस्ट्रेलियामा ६ हजार ६ सय ९४ व्यक्ति संक्रमित भएका छन् भने ८० जनाको मृत्यु भएको छ । पछिल्ला केही सातादेखि संक्रमितको संख्या कम हुँदै गइरहेको छ । आइतबार जम्मा १६ जनामा मात्र नयाँ संक्रमित भेटिएको थियो ।











प्रतिक्रिया