अकल्यान्ड, (एजेन्सी)
न्युजिल्यान्ड सरकारले सोमबार प्रभावकारी ढंगले भाइरस उन्मूलन गर्न सकेकाले कोभिड १९ सम्बन्धी सार्वजनिक चेतनामूलक सूचना प्रसारण बन्द गरेको जनाएको छ ।
थुप्रै दिनदेखि नयँँ संक्रमितको संख्या शून्यमा झरिसकेको थियो भने आइतबार एकजना फेला परेको प्रधानमन्त्री जासिन्दा आडर्नले बताएकी छन् । तर सरकारी अधिकारीहरुले सूचना रोक्दैमा नयाँ कोरोना संक्रमण पूर्णतः देखिँदैनन् भन्ने ग्यारेन्टि नभएको चेतावनी दिएका छन् ।
मंगलबारदेखि केही अत्यावश्यक रहेका व्यापार व्यवसाय , स्वास्थ स्याहार र शैक्षिक गतिविधि पुनः सञ्चालनमा ल्याइने भएको छ । तैपनि सरकारले अझै अधिकांश सामाजिक अन्तरक्रिया रोक्ने र अधिकांश समय घरभित्रै बस्नुपर्ने बताएका छन् । न्युजिल्यान्डमा करिब १ हजार ५ सयजना कोभिड १९ संक्रमित हुनुका साथै १९ जनाको ज्यान गएको थियो ।











प्रतिक्रिया