त्रियुगालाइ ४० थान पीपीई

0
Shares

न्यूज अफ नेपाल,काठमाडौँ ।

कोरोना भाइरसको प्रभाव बढेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाको भुल्केलाई लक्षित गरि ४० थान पिपिई हस्तान्तरण गरियो । बिभिन्न अस्पताल र स्थानीय निकाय मा सहयोग गर्दै आएको ‘प्रारम्भ’ सामाजिक संस्था ललितपुर र ‘ आनी छोयिंग डोल्मा फाउण्डेशन’ काठमाडौँले त्रियुगा नगरपालिकाको लागि आज ४० थान पीपीइ किट सेट उपलब्ध गराएको छ ।

दुवै संस्थाद्वारा आज काठमाडौँमा एक कार्यक्रम गरि उदयपुर बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा नारायण खड्काको रोहबरमा त्रियुगा नगरपालिकाका प्रतिनिधिलाइ हस्तान्तरण गरेको जनाएकोछ । प्रारम्भ संस्थाका बरिस्ठ सल्लाहकार एवं कलाकार हरिवंश आचार्य आनि छोयिंग डोल्मा फाउण्डेशनकी अध्यक्ष एवं गायिका आनी छोयिंग डोल्मा, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिना तथा एनआरएन अभियन्ता अनुज थापा लगायतले पीपीइ हस्तान्तरण गर्नुभएको थियो ।

लकडाउन र महामारीको प्रभावले सिर्जित प्रतिकुल अवस्थामा उपलब्ध गराइएका सामग्रीको दुरुपयोग नगरी नगर मार्फत स्थानीय स्वास्थ्य संस्थामै पुर्याउन कलाकार हरिबंश आचार्यले आग्रह गर्नुभयो ।सहयोग सामग्री ग्रहण गर्दै प्रतिनिधि सभा सदस्य डा नारायण खड्काले स्वास्थ्य जस्तो संबेदनशील बिसयमा कुनै लापरवाही नगरी सम्पूर्ण सामग्री सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मी समक्ष बुझाईने बताउनु भयो ।

४० थान पीपीइ किट सेटमा पीपीइ ड्रेस, एन९५ मास्क, गमबुट, फेसशिल्ड, ह्यान्ड सानीटाइजÞर सामग्री रहेका छन् ।एनआरएन अभियन्ता अनुज थापा र चण्डिका पोख्रेलको संयोजनमा उपलब्ध गराइएको उक्त सामग्री त्रियुगा नगरपालिकाका लेखापाल बाबुराजा प्रजापतिलाइ बुझाइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताउनुभयो ।