गोली लागेर युवा घाईते

0
Shares

घनश्याम बगाले,नवलपरासी।

पूर्वी नवलपरासीको पहाडी गाउंमा गोली लागेर एक युवा घाईते भएकाछन् । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार घाईते हुनेमा चुलिबोझाका ४६ वर्षीय नरबहादुर मगर रहेकाछन् ।

बारीमा बांदर धपाउन निस्केका मगर अचानक लड्न गई आफैले बोकेको बन्दुक पड्कदा गोली लागेको बताइएको छ । ढाडमा गोली लागेका मगरको हाल चितवनको भरतपुरमा उपचार भई रहेको बताईएको छ । प्रहरीले घटना स्थलबाट १ नाल भरुवा वन्दुक बरामद गरी घटनाबारे अनुसन्धान अघि बढेको जनाएको छ ।