लागु औषध सहित स्कुटी चालक नियन्त्रणमा

0
Shares

घनश्याम बगाले, नवलपरासी।

पश्चिम नवलपरासीको पाल्हिनन्दन पालिका ३ निवासी शेष कुमार उपाध्यायलाई प्रहरीले सोमबार लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।  सरावल ७ स्थित भन्सार टोलमा भुजहवा चौकीको गस्ती टोलीले उपाध्याय चढेको युपी ५६ एएफ ०७३१ नम्वरको स्कुटी चेक जांच गर्दा ठूलो परिमाणमा लागु औषध फेला पारेको हो ।

प्रहरीले स्कुटीको डिक्कीमा लुकाई राखेको ओनरेक्स ७७ बोतल, स्पाम्स २ सय ८५ क्याप्सुल, विन्सपास्मो २ सय ८१ क्याप्सुल बरामद गरेको छ ।यसरी नै फेनारगन ६४ पिस, डाईजेपाम ६९ पिस, नुफ्रिम ६७ पिस, ब्राउनसुगर ७ ग्राम र नाईट्रोभेट २ सय ३८ ट्यावलेट सहित उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारी मात्रामा लागु औषध र स्कुटी सहित नियन्त्रणमा लिईएका उपाध्याय माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यता पूर्वी नवलपरासी प्रहरीले जिल्लाको मध्यविन्दु ११ दमार चोकबाट गांजा सहित अर्का एक जनालाई पक्राउ गरेको छ । जिप्रका पूर्वी नवलपरासीका अनुसार पक्राउ पर्नेमा मध्यविन्दु १५ का २८ वर्षीय चेतबहादुर नेपाली रहेकाछन् ।
नेपालीको साथबाट चेक जांचको क्रममा बोरा भित्र लुकाई राखेको २ किलो ४० ग्राम लागु औषध गांजा बरामद भएको प्रहरीले जनाएको छ ।