भारतको मध्यप्रदेशमा दैनिक १२ हजार पीपीई उत्पादन

0
Shares

भोपाल। 

भारतको मध्य प्रदेश राज्यमा दैनिकरूपमा १२ हजार व्यक्तिगत सुरक्षा पोशाक ९पीपीई० उत्पादन भइरहेको छ । कोरोनाभाइरसबाट सङ्क्रमणको आशंका गरिएका वा सङ्क्रमण भएका विरामीहरुलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरुले पीपीई लगाउनु पर्ने भएकोले अहिले पीपीईको माग बढिरहेको छ ।

सरकारी अधिकारीका अनुसार मध्य प्रदेशमा दैनिक दश हजार पीपीईको माग भइरहेको छ । कोरोनाभाइरसको महामारी शुरु भएदेखि यस राज्यमा अहिलेसम्म झण्डै एक लाख ५० हजार पीपीई उत्पादन भइसकेको छ ।

उत्पादन भएकामध्ये करिब ७५ हजार पीपीई इन्दौर र भोपालमा पठाइएको प्रादेशिक औद्योगिक विकास केन्द्रका प्रवन्ध निर्देशक कुमार पुरुषोत्तमले जानकारी दिनुभयो । “मध्यप्रदेश राज्यमा दैनिक दश हजार पीपीईको आवश्यकता पर्दछ, जबकी दैनिक १२ हजार उत्पादन हुदै आएको छ,” उहाँले भन्नुभयो ।

उहाँले प्रकाशित गरेको एउटा विज्ञप्तिमा करिब ४० हजार पीपीई भोपाल र इन्दौरमा भण्डारण गरेर राखिएको उल्लेख छ । उनीहरुले कतिपय अन्य जिल्लाहरुमा ती पीपीई पठाउन पनि थालेको वक्तव्यमा जनाइएको छ । उहाँले स्थानीय अधिकारीको सिफारिसका आधारमा ती पीपीईहरु पठाउने गरिएको पनि जानकारी दिनुभयो ।

एउटा भिडियो बैठकका क्रममा राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले रक्षा अनुसन्धान तथा विकास संगठनले अनुमोदन गरेर पीपीई उत्पादन गर्न थालिएको जानकारी दिनुभयो । राज्य सरकारले नागरिकलाई अत्यावश्यक पर्ने मास्क पनि उत्पादन गरेर सुपथ मूल्यमा उपलब्ध गराइरहेको छ ।