सेप्टेम्वरसम्म विद्यालय बन्द रहने

0
Shares

रोम,(एजेन्सी) । 

मार्चको मध्ययता विस्तारै कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउनेको संख्या कम हुँदै गइरहेकाले सोमवार इटालीले महामारी रोकने उद्देश्यले साता साता अघि लगाइएका कडा नियमहरु खुकुलो पार्ने योजनाको रुपरेखा तयार पारेको छ ।

इटालीका प्रधानमन्त्री उिसेप्पे कोन्टले ४ मे देखि लक डाउन खुकुलो पारिने अर्थात जनतालाई मास्क लगाएर स – सानो समुहमा आफ्ना नातेदारहरुसंग भेट्न जान दिइने बताएका छन् । पार्कहरु पनि खुल्ला गरिए तापनि बिद्यालयहरु भने सेप्टेम्वरसम्म नखोलिने बताइएको छ । स्विजरल्यान्ड र स्पेन जस्ता मुलुकले पनि लकडाउन खुकुलो पार्दैछन् ।

इटालीमा आइतवार २ सय ६० जना नयाँ संक्रमित फेला परेको थिए । यसलाइ १४ मार्च यताकै सबैभन्दा न्युन संख्या मानिएको छ । कोभिड १९ को कारण इटालीमा युरोपभरिमै सबैभन्दा बढि अर्थात् २६ हजार ६ सय ४४ ले ज्यान गुमाइसकेका छन् ।