अमेरिकामा घर मालिकहरु भाडामा बस्नेलाई निकाल्दै छ


एलाना सेमुअल्स, (एजेन्सी)

कोरोना भाइरस अर्थात कोविड १९ भयानक प्रकोप झेलिरहेको अमेरिकामा भाँडामा बस्नेहरुका लागि नयाँ समस्या उत्पन्न भएको छ । भाडाको घरका मालिक उनीहरुलाई घरबाट बाहिर निकालिरहेका छन् ।

कयौं राज्य र सहरमा घर खाली गराउनमा रोक लगाएको छ तर यसको पालना भइरहेको छैन । हाउजिंग वकिलहरुले देशभरी यस प्रकारका घटनाको बाढी नै आएको बताएका छन् । जसले घरभाडा तिर्न सक्दैन, घर मालिक उनीहरुलाई जबरजस्ती बाहिर निकालिरहेका छन् ।

राष्ट्र्रिय मल्टी फेमिली हाउजिंग काउन्सिलका अनुसार अप्रिलको दोस्रो हप्तासम्म मात्र ६९ प्रतिशत भाडामा बस्नेले भाडा तिरेका थिए । मार्चमा यो आंकडा ८१ प्रतिशत थियो । अटलान्टा लायर्स फाउन्डेसन होम प्रोजेक्टका निर्देशक कोल थेलरले भने ( ल्यान्डलर्डको धैर्यताले जवाफ दिइरहेको छ । फाउन्डेसन कम आय भएकाहरुलाई कानुनी सहायता दिन्छ ।

थेलरसँग एक हप्तामा तीन चार भाडामा बस्नेले यस सम्बन्धमा मद्दतका लागि सम्पर्क गर्छन् । आर्थिक गतिविधि बन्द हुनुले नागरिकको आयमा प्रभावित भएको छ । भाडामा बस्ने र घर मालिकले पनि यो स्थितिको सामना गर्नु परेको छ । यस अवस्थामा कानुनलाई लिएर भ्रमको स्थिति उत्पन्न भएको छ ।
कोलम्बिया ल कलेजका उप प्राध्यापक एमिली बेनफेरका अनुसार ४१ राज्यमा घर मालिक भाडामा बस्नेहरुलाई घर खाली गराउन सुचना दिन सक्छ ।

जुन भाडामा बस्नेहरुले सुचना पाउँछ, ती मध्य केहीले घर खाली गरिरहेका छन्,जबकी घर खाली गराउनमा रोक लागेको छ । संसदको एक सदन कांग्रेसद्वारा केयर्स एक्टमा १ सय २० दिन सम्म घर खाली गराउनमा रोक लगाएको छ । यो मात्र ती घरमा लागु हुन्छ जसले सरकारी ग्यारेन्टीमा ऋणमा घर लिएको छ । यस प्रकारका आवासिय सम्पती मात्र ४ मा १ भएको अर्बन इन्स्टिच्युटले जनाएको छ ।

अहिलेसम्म २० राज्यले घर खाली गराउने विरुद्ध कानुन बनाएको छ । केनक्टिकट र ह्याम्पसायरले मात्र कनुै पनि कदम चाल्न रोक लगाएको छ । घर मालिकको पनि अवस्था नाजुक छ । ठुलो संख्यामा भाडामा बस्नेहरु भाडा दिइरहेका छैनन् । अहिलेको स्थिति घर मालिक र भाडामा बस्ने दुबै बेरोजगार हुनुले यो स्थिति उत्पन्न भएको हो ।