न्युयोर्कका फार्मेसीलाई कोरोना परीक्षणको अनुमति


न्युयोर्क, (एजेन्सी)

कोभिड–१९ महामारीको केन्द्रविन्दु बनेको अमेरिकी राज्य न्युयोर्कले औषधि पसलहरु अर्थात् फार्मेसीलाई पनि भाइरस परिक्षण गर्ने अनुमति दिने निर्णय गरेको त्यहाँको गभर्नरले बताएका छन् ।

गर्भनर एन्ड्रयु कुओमोले करिब ५ हजारवटा फार्मेसीलाई परीक्षण अनुमति दिइने हो भने दैनिक ४० हजार जना मानिसको भाइरस परीक्षण हुन सक्ने बताएका छन् । अमेरिकामा ९ लाख ६० हजार जनाभन्दा बढी संक्रमित भइसकेका छन् ।

अहिलेसम्म मृत्यु हुने करिब ५४ हजारभन्दा बढीमध्ये एक तिहाइ न्युयोर्क सिटीका बासिन्दा रहेका छन् । यसै गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो समय वा प्रयासको कुनै मूल्य नरहेको भन्दै कोरोना भाइरस महामारीसम्बन्धी दैनिक प्रेस ब्रिफिङ पनि नगरेको बुझिएको छ ।

ट्रम्पले शनिबार सञ्चारमाध्यमले आफूलाई पूर्वाग्रही प्रश्नहरु मात्र सोध्ने गरेको ट्विटरमार्फत जानकारी दिएका छन् । संक्रमण प्रतिरोधक औषधि कोरोना संक्रमितमा प्रयोग गर्न सकिने विचार प्रकट गरेर ट्रम्प विवादमा मुछिएका थिए ।