रसुवाका चार क्वारेन्टाइनमा ८७ जना

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

रसुवा जिल्लामा रहेको चार वटा क्वारेन्टाइनमा ८७ जनालाई राखिएको छ । कोभिड सुचना केन्द्र रसुवाको अनुसार धुन्चेमा रहेको क्वारेन्टाइनमा ६७ कालिका हिमालयन मा.वि. कालिकास्थानमा दुई जना, कोमिन स्यामेवाङफेल मा. वि. स्याफ्रुमा नौ जना, सरस्वती आधारभुत विद्यालय थाम्बुचेतमा दुई जना र सान्जेन जलविद्युत आयोजनाको क्वारेन्टाइनमा ६ जना राखिएको छ ।

लकडाउनको समयमा विभिन्न जिल्लामा रहेका रसुवावासी र अरु जिल्लाबाट काममा आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।