सात महिने शिशुसाथ दर्जी दम्पती जेलबाट रिहा

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

पश्चिम नवलपरासी कारागारबाट सात महिने शिशु सहित एक दम्पती रिहा भएका छन् । बहुविवाह मुद्धामा जेल जीवन भोगिरहेका स्थानीय सुनवल ८ रामबहादुर दर्जी र शान्ति परियार जेल मुक्त भएका हुन् । विश्वब्यापी कोरोना संत्राससंगै एक वर्ष भन्दा कम जेलसजाय भएका वन्दीको निवेदन अनुरुप अपराध हेरेर रिहागर्ने सरकारी निर्णय थियो ।

लकडाउनका कारण जेलमा भर्नु पर्ने आवस्यक रकम ढिलैगरी बुझाउदै दर्जी दम्पती जेलबाट शुक्रबार रिहा भएको जेलर जगत बस्नेतले बताउनु भयो । जेल रिहाई निम्ती दर्जी दम्पती मध्ये रामबहादुरले १० हजार २ सय र शान्तिले ३९ हजार रकम बुझाउनु परेको थियो ।

एक वर्ष जेल सजाय पाएका दर्जी दम्पती मध्ये रामबहादुर यही जेठमा रिहा हुदै थिए भने शान्ति परियार गत भदौमा जेल परेकी थिईन ।जेल परेको एक महिनामै शान्ति परियारले असोजमा एक शिशुलाई जन्म दिएकी थिईन । तिनै सात महिने शिशु अहिले आमा बाबाका साथ पहिलो पटक घर पुगेकाहुन् ।
मुलुकी अपराध कार्यविधि संहिताको महल १५५ अनुसार परासी कारागारका ९ वन्दीले आफ्नो रिहाईका लागि निवेदन दिएकोमा ८ वन्दी रिहा भएको जेलर बस्नेतले बताउनु भयो ।