मृत घोषित वृद्धा ब्युँतिइन्

0
Shares

गुयाक्विल,एजेन्सी ।

परिचय उल्लेखमा भएको त्रुटीको कारण कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको घोषणा भइसकेकी इक्वेडरको एकजना ७४ वर्षिया वृद्धालाई जिवित फेला पारिएको छ । गत महिना आल्वा मारुरी नामक ति वृद्धाको मृत्यु भएको जानकारी दिँदै उनको परिवारलाई उनको खरानी पठाइएको थियो ।

तीन साता लामो कोमाबाट मारुरी विहिवार अचानक ब्युँतेपछि उनले डाक्टरहरुलाई आफ्नी बहिनी बोलाइदिन आग्रह गरेकी थिइन् । उनी जिवितै रहेका खवर सुनेर उनको परिवारलाई खुशीको सिमा नै रहेन ।

तर तिनीहरुको घरमा रहेको खरानी कसको भन्ने अझै बुझिएको छैन । अस्पतालले यस त्रुटीका लागि क्षमायाचना गरेको छ । मारुरी बस्ने गुयाक्विल शहर इक्वेडरको कोभिड १९ को महामारीको केन्द«विन्दु बनेकोे छ ।