शान्ति सम्झौता तोडियो

0
Shares

साना,एजेन्सी।

गत नोभेम्वरमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसंग हस्ताक्षर भएको शान्ति सम्झौता तोडेर दक्षिणी यमनका पृथकतावादीहरुले आइतवार स्वशासनको घोषणा गरेको छ । एडन स्थित साउदर्न ट्रान्जिस्नल काउन्सिल ( एसटिसि ) ले आपतकालिन स्थिती घोषणा गर्दै सो बन्दरगाह शहर र अन्य दक्षिणी प्रान्तहरुमा आफुले शासन गर्ने जनाएको छ ।

एटिसिलाई सयुक्त अरव इमिरेटसले सहयोग र समर्थन जुटाउँदै आएको छ । यसैगरी साउदी अरव समर्थित यमनी सरकारले यसको परिणाम निकै खतरनाक र भयावह हुने चेतावनी दिएको छ । हौथी लडाकुहरुले राजधानी साना कबजा गरेपछि सन् २०१५ मा साउदी नेतृतवमा रहेको गठबन्धन फौजले यमनी सरकारलाई सहयोग गर्न शुरु गरेको हो ।