वुहान, (एजेन्सी)
कोविड १९ महामारी र लकडाउनले विश्वमै मानव जीवनलाई अस्तब्यस्त बनाइरहेको छ । महिनौ वितिसक्दा पनि परिस्थितिमा खासै सुधार आएको देखिएको छैन, औषधी वा खोप त धेरै परको कुरा भइरहेको छ ।
यद्यपी कोरोना भाइरसको उदगम मानिएको वुहान सहरबाट ७६ दिनको लकडाउन हटेपछि भने त्यहाँको जनजीवन सामान्य हुने तरखरमा देखिएको छ । त्यसैले पनि होला यहाँका युवाहरुमा विवाहको होड नै चलेको छ ।
विवाह दर्ता कार्यालय र विवाहको तस्विर खिच्ते स्टुडियोमा हालैका दिनमा भिडभाड देखिएका छन् । वुहान त्यही सहर हो जहाँबाट फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वमा २ लाख भन्दा बढीको ज्यान लिइसकेको छ ।
लकडाउनपछिका कुनै पनि दिन विवाहका लागि राम्रो मानिएको चाइना डेलीले जनाएको छ । अविवा वेडिंग फोटोग्राफी स्टुडियोले मंगलबार आफनी प्रमिकासँग बुकिंगका लागि आएका ल्यु जिंगले भने – मेरी प्रेमिका अहिले पनि विवाहका लागि तिथि खोजिरहेकी छन्, तर म अब उनीसँग तत्काल गर्न चाहन्छु । यदि हामी लकडाउनमा सँगै रहन सक्छ भने हामी पुरै जिन्दगी साथ रहन सक्छौं ।
वुहानमा जोडीले विवाहका लागि जनवरीमै बुकिंग गरेका थिए र मार्चमा विवाद पन्जिकरण कार्यालयमा जाने फैसला लिएका थिए । तर लकडाउनका कारण त्यसतो हुन सकेन ।
यहाँ जनवरी २३ देखि नै लकडाउन घोषित गरिदिएको थियो । यद्यपी जिंगका प्रेमिका चेन सीलाई फोटो सेसनका क्रममा सुरक्षाको चिन्ता भइरहेको छ, किनभने उनी सम्भवत मास्कमा फोटो लिने छैन । यदि कोही भाइरस संक्रमित हो भने स्थिति कठिन हुन सक्छ । चेनले बाहिर हुने सुटिंगको अवधि पनि घटाएर दुई दिनबाट एक दिन गरेकी छन् ।
फोटोग्राफी स्टुडियोका म्यानेजर गुओ जियोफेन भन्छन् – लकडाउनपछि विवाहको फोटोका लागि माग धरै बढेको छ, किनभने जसको विवाह छिनिएको थियो उनीहरु अब विवाह गरिरहेका छन् । तर हामी एक दिनमा मात्र दुई वा तीन जोडीलाई मात्र सेवा दिइरहेका र्छौ, जुन पहिला एक दिनमा १६ जोडि सम्मलाई सेवा दिने गर्थ्याे।
फोटो स्टुडियोले वुहानको ल्यान्डमार्कमा सुटिंग फैसला रद्द गरेको छ, किनभने त्यहाँ धेरै भिड हुन्छ भन्ने उनीहरुलाई लागेको छ । केही भने आफनो विवाहलाई कोरोना विरुद्धको लडाइका रुपमा स्मरणिय बनाउन चाहन्छ ।
२९ बर्षीय लियु जेम्बु हुबेइ प्रान्तको जिंगमेनबाट वुहान तीन घन्टाको यात्रा गरि पुगे र चुपचाप दुई प्रोटेक्टिव सुट पनि लिएर आएका थिए , ताकी उनीहरु सँग फोटो खिचाउन सकुन् । यस विषयमा उनले आफनी प्रेमिकालाई बताएका थिएनन् । लियुले कोरोनाको संक्रमणका बेला स्वयंसेवा गरेका थिए ।











प्रतिक्रिया