मेड्र्डि (एजेन्सी)
स्पेनमा कोरोना भाइरस संक्रमणलाई पराजित गर्दै एक १ सय ७ बर्षीय बृद्धा ठीक भएकी छन् । सबैभन्दा अनौथो कुरा भनेको जब उनी पाँच बर्षकी थिइन्, उनले स्पेनिस फ्लुलाई पनि परास्त गरेकी थिइन् ।
स्पेनको अंग्रेजी अखबार ओलिव प्रेसका अनुसार ती बृद्धाका नाम एना डे वेले हो । कोरोना भाइरस संक्रमणबाट स्वस्थ हुने उनी सबैभन्दा धेरै उमेरका बृद्धा मानिएको छ ।
एनासँगै ६० जना अरु संक्रमित भएको अखबारले जनाएको छ । अब उनीहरु सबै ठीक भइसकेको छ । उनको जन्म सन् १९१३ अक्टोबरमा भएको थियो । जब उनी ५ बर्षकी थिइन्, त्यतिबेला उनी स्पेनिस फ्लुको चपेटामा आएकी थिइन् र ठीक पनि भइन् । सन् १९१८ जनवरी देखि १९२० डिसेम्बरसम्म स्पेनिस फ्लुको प्रकोप फैलिएको थियो । यो महामारीबाट विश्वमा एक तिहाइ आवादी ५० करोड समाप्त भएको थियो ।
स्पेनिस फ्लुलाई परास्त गरेका १ सय २ बर्षपछि एनाले कोरोना भाइरसलाई पनि लडाई जितेकी छन् । अन्य समाचार अनुसार स्पेनमा १ सय१ बर्षका अन्यु दुई बुजुर्ग महिलाले पनि कोविड १९ मािथ जित हासिल गरिसकेका छन् । एनाको यो घटना चमत्कार भन्दा कम नभएको ओलिव प्रेसले जनाएको छ । एनाकी बुहारी पाकुई सान्चेजले अस्पताललाई धन्यवाद दिए ।
एनाको उमेर धेरै भएकोले डाक्टरहरुले अत्यन्तै सावधानी पुर्वक काम गरेको उनले बताइन् । एना अब ठीक छ । उनी अब वाकरको मद्दतबाट हिँडडुल गर्छिन् र आफै खाना पनि खान्छिन् ।
अमेरिकापछि विश्वमा सबैभन्दा संक्रमित स्पेनमा छन् । यहाँ अहिलेसम्म करिब २३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ भने करिब २ लाख २० हजारको हाराहारीमा संक्रमित भइसकेका छन् ।











प्रतिक्रिया