वासिंगटन (एजेन्सी)
कोरोना भाइरसमाथि काबु पाउन विश्वभरी नै सघन शोध भइरहेको छ । यसबीच समय समयमा आफनो चिकित्सकिय ज्ञान प्रदर्शन गरिरहेका अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले यस भाइरस नियन्त्रणका लागि अर्को नयाँ उपाय सुझाएका छन् ।
कोरोना भाइरस गर्मी र आद्रताको वातावरणमा जीवित रहने सम्भावना कम हुने भएकोले यसको उपचारमा अल्टाभ्वाइलेट किरणको उपयोग गरी सरीरमा रहेका ती जीवाणु नष्ट गर्ने उपायमा विचार गर्न ट्र्रम्पले भनेका छन् ।
आफुले सय विषयमा पहिला पनि भएको तर कसैले यसलाई गम्भिरता पुर्वक नलिएको तर अब यसको पुष्टि भएको बताउँदै आफनो ज्ञानको पृष्ठपोषण गरेका छन् ।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटिजमा साइन्स एन्ड टेक्नोलोजीका प्रमुख बिल ब्रायनले भने, जब यो संक्रमण तेजिलो धामको सम्पर्कमा आउँछ, तब यो नस्ट हुन्छ । त्यसैगरी आद्रता बढी भएको वातावरणमा पनि त्यसतै हुन्छ । इसोप्रोपाइल अल्कोहलले पनि यो भाइरसलाई ३० सेकेन्डमा मार्न सक्ने उनले बताए ।
हाम्रो शोधमा यो पनि थाहा भएको छ की यो भाइरस सुर्यको प्रकासमा सतह वा हावा दुबै स्थानमा नस्ट हुन्छ ( ब्रयानले यसमा जोड दिँदै उनीहरुको यो शोधको परिणाम अहिले पनि प्रारम्भिक चरणमा रहेको बताए ।
कोरोना भाइरस टास्क फोर्सको प्रेजेन्टेसनका क्रममा वैज्ञानिकहरुले सुर्यका प्रकासमा २ मिनेटमा भाइरस मर्ने बताएका थिए । यस तथ्यलाई लिएर ट्र्म्पले त्यसतै शक्तिशाली प्रकाश विरामीको शरीर भित्र पुर्याउन भनेका छन् ।
यसअघि ट्र्म्पले यो भन्दा अजिबको सुझाव दिएका थिए । उनले शरीरमा ब्लिज र आइसोप्रोपिल अल्कोहल जस्ता क्लिन्जरको इन्जेक्सन लगाउनु भनेका थिए ।
ब्लिच र आइसोप्रोपिल अल्कोहल भाइरसलाई ५ मिनेटमा र अल्कोहलले ३० सेकेन्डमा मार्न सक्ने अमेरिकी होमल्यान्ड सिक्युरिटी डिपाटमेन्टका टेक्नोलोजी डाइरेक्टोरेटका प्रमुख बिल ब्रायनले बताएका थिए ।
ट्र्म्पको यी सुझावका कारण वैज्ञानिक ब्रायन र टास्क फोर्सका कोर्डिनेटर डेबोरो बिरक्सलाई लज्जाबोध हुनु परेको थियो । ह्वाइट हाउसमा ब्रिफिंगका क्रममा ब्रायनले सुर्यको किरणबाट कोरोना भाइरस मर्ने जानकारी दिएपछि ट्र्म्पले भने यो किरणलाई छाला वा अन्य कुनै माध्यमबाट शरीर भित्र पुर्याउन सक्छ भन्ने तपाई अनुमान गर्नुस् । मलाई लाग्छ तपाईहरु यसको जाँच गर्नेछौ ।
त्यसपछि ब्रायनले यस विषयमा कुनै प्रतिक्रिया नदिइकनै आप्mना भनाइहरु राखेका थिए । विश्वमा कोरोनाबाट मर्नेको संख्या २ लाख नाघेको छ । अमेरिकामा मात्र यो संख्या ५४ हजार २ सय ५६ पुगिसेकेको छ ।











प्रतिक्रिया