चट्याङ लागेर बैतडीमा ३ जना घाइते


बैतडी, (नेस)

चट्याङ लागेर बैतडीमा ३ जना घाइते भएका भएका छन्। घाइते हुनेहरुमा डिलाशैनी गाउँपालिका ६ कुय्यादहका १८ वर्षीया हेमन्ती लुहार,१८ वर्षीया सुनिता लुहार र ४५ वर्षीया भुरी लुहार रहेका प्रहरीले जनाएको छ ।

चट्याङ लागेर उनीहरुको शरीर जलेको छ । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हेमन्तीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको जनाइएको छ ।

शुक्रबार राति करिब ९ बजेतिर परेको चट्याङले किशोरी हेमन्तीको घरसंगै अन्य १२ जनाको घरको मिटरबक्स र विद्युतीय उपकरणमा क्षति पुगेको स्थानीय प्रकाश लुहारले जानकारी दिनुभयो ।

प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।