उत्तर कोरियाली शासक किम जोङ कोमामा, अब बहिनी राजगद्दीमा !


एजेन्सी ।

उत्तर कोरियाली शासक किम जोङको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर बाहिर आएको छ। उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्य स्थिति खराब भएकोले चीनले सल्लाह दिन शनिवार उत्तर कोरियामा चिकित्सकहरुको विज्ञ टोली पठाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। सर्जरीपछि अवस्था गम्भीर रहेको भन्दै विभिन्न मिडियामा यसअघि समाचार सार्वजनिक भएका छन्।

हालै एक जापानी मिडियाले पनि किम जोंग उन मुटुको शल्यक्रिया पछि उनी बेहोस रहेको दाबी गरेको छ। जापानको साप्ताहिक पत्रिका शुकान गेनडाईले शुक्रबार एक रिपोर्टमा उत्तर कोरियाका तानाशाह मुटुको शल्यक्रियापछि अचेत अवस्थामा रहेको उल्लेख गरेको छ। उक्त साप्ताहिकले चिनियाँ स्रोतलाई उदृत गर्दै समाचार लेखेको हो। समाचारमा किम जोंग उन गाउँको भ्रमण गरिरहेको अचानक छातीमा समस्या आएर भुइमा लडेको दाबी गरिएको छ।

त्यसपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। बिरामी भएका नेता किमले तत्कालै चीनसँग सम्पर्क गरेर चिकित्सक र औषधी पठाउन सहयोग मागेका थिए। अवस्था जटिल बनेपछि उत्तर कोरियाली चिकित्सकले चिनियाँ मेडिकल ग्रुपलाई कुर्न सम्भव नठानेर आफै अपरेसन गरे। कम अनुभवि रहेका शल्यचिकित्सकले हात काम्दै अपरेसन थिए। अहिले नेता किम बेहोस अवस्थामाु रहेको दाबी गरिएको छ।

रिपोर्टमा दाबी गरिएपनि यसको पुस्टि हुन सकेको छैन। किम गत एप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेताको जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा सहभागी भएनन्। राष्ट्राध्यक्ष नै उक्त कार्यक्रममा सहभागी नभएपछि अनेकौँ अनुमान चल्न थालेका हुन। उत्तर कोरियाली सञ्चार माध्यम समेत पछिल्लो समय मौन छन् ।

 

विश्वले उत्तर कोरियाको नेता किम जोंग उन जीवित वा मृत्यु भनेर पर्खिरहेको छ। सबैको आँखा उनको ३१ वर्षीया बहिनी किम यो जोंगतिर फर्किरहेको छ। उनी शीर्ष प्रतिस्पर्धी जस्तो देखिन्छन् ।

उत्तर कोरियाको सर्वशक्तिमान संगठन र मार्गदर्शन विभाग भित्र किम यो जोंगको वृद्धि हुने संकेत देखिएको छ ।
उत्तर कोरियाको राजधानी प्योंगयांगमा उनले आधुनिक अपार्टमेन्ट, स्की स्लोपहरू र मनोरञ्जन पार्कको निर्माण कार्यलाई प्रोत्साहित गर्दै मुख्य कार्यक्रमहरू सम्बन्धी सल्लाह दिएकी छिन्, तर ओलम्पिकको समयमा उनी विश्वको अगाडि एक प्रमुख व्यक्तित्वको रूपमा चम्किन्।