कोरोना भाइरस प्रयोगशालाको ‘पागल प्रयोगको नतिजा’


मस्को, (एजेन्सी)

रुसका एक माइक्रोबायोलोजिस्टले उहानको वैज्ञानिक प्रयोगशालामा भइरहेको पागलपन प्रयोगको नतिजा नोबेल कोरोना भाइरस भएको दाबी गरेका छन् ।
घातक कोरोना भाइरसको मारबाट बेहाल भइरहेको रुसका एक चर्चित जीवाणु विशेषज्ञले उहानको उक्त प्रयोगशालाबाटै कोरोना निस्केको बताए । विश्वभर चर्चित प्रोफेसर पिटर चुमाकोवका अनुसार चिनियाँ वैज्ञानिक भाइरसको रोग उत्पन्न गराउने क्षमता जाँच गरिरहेका थिए र उनीहरूको कुनै गलत मनसाय थिएन । यद्यपि उनीहरूले प्राणघातक भाइरस जन्माउन पुगे ।

मस्कोस्थित एक संस्थानका मुख्य शोधकर्ता प्रोफेसर चुमकोवले भने– ‘चीनको उहानस्थित प्रयोगशालामा विगत १० वर्षदेखि विभिन्न तरिकाका कोरोना भाइरस विकसित गर्न सक्रियरूपमा लागिरहेका थिए । सम्भवतः चिनियाँ वैज्ञानिकहरूले यस्तो रोग उत्पन्न गर्ने नश्ल विकास गर्नका लागि नभई उनीहरूको रोग उत्पन्न गर्न सक्ने क्षमता जाँच गर्न अनुसन्धान गरेका हुन् ।’

प्रोफेसर चुमकोव भने– ‘मेरो हिसाबमा चिनियाँ वैज्ञानिकहरूको पागलपनाकै कारण यो अवस्था आएको हो । उदाहरणका लागि उनीहरूले जिनोमभित्र हाले जसले भाइरसलाई मानवको कोषिकामा संक्रमित गर्ने क्षमता प्राप्त भयो । अब यी सबैको विश्लेषण भइरहेको छ । वर्तमान भाइरस उत्पन्न हुनुको तस्वीर विस्तारै प्रस्ट भइरहेको छ ।’

मस्कोको अखबार कोमसोमोलेट्ससँगको कुराकानीमा प्रोफेसर चुमकोवले भने– ‘कैयौं कुरा भाइरसभित्र हालियो । जसले जिनोमको स्वाभाविक स्विकेन्सको स्थान लिएको छ । त्यसैले कोरोना भाइरसभित्र अत्यन्त विशेष अवयवहरू आए ।’

यो पँरै मामिलाको एक जाँच हुने र त्यसपछि यस प्रकारका खतरनाक भाइरसका जिनोम नियमन गर्न नयाँ नियम बनाइने उनको भनाइ थियो । अहिले नै भाइरसका लागि कसैलाई जिम्मेवार ठह¥याउनु ठीक नहुने उनले बताए ।

चिनियाँ वैज्ञानिकहरूले एचआईभीको खोप बनाउनका लागि यो भाइरसको फरक–फरक नश्ल बनाइरहेको र उनीहरूको यसमा कुनै गलत मनशाय नभएको आफँलाई लागेको प्रोफेसर चुमकोवको विश्लेषण छ ।