लकडाउनका बेला दैनिक तीन सयलाई खाना


नेपाल समाचारपत्र, काठमाडौं

नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतले हालसम्म ३० हजारलाई राहत वितरण गरेको बताउनुभएको छ । उहाँले सो कुरा वडा नं. ४ मा सञ्चालनमा रहेको सामँहिक मेस अनुगमनका क्रममा अनुगमन गर्दै बताउनुभएको हो ।

उहाँले एकद्वार राहत वितरण प्रणालीअनुसार नगरपालिकाका ५ वटा वडामा सामँहिक मेस सञ्चालन गरेको बताउनुभयो । जसअन्तर्गत २, ४, ५, ६, ९ र १० मा सामँहिक मेस सञ्चालन गरिएको छ ।

उहाँले खाद्यान्न वितरण गरिएको वडामा सामँहिक मेस नचलाइएको बताउनुभयो । राहत लगेर घरमै खानेलाई कुपनको व्यवस्था गरिएको उहाँको भनाइ थियो ।

त्यसै गरी उपमेयर सुशिला अधिकारीले अनुगमनका क्रममा कोही नछुटँन्, कोही नदोहोरियँन, कोही पनि भोकै बस्न नपरोस्, समानुपातिक होस् भनेर राहत वितरणमा सतर्कता अपनाइएको बताउनुभयो । उहाँले प्रत्येक वडामा सकेसम्म १० लाखभन्दा धेरै नबढ्ने गरी राहत वितरण गरेको बताउनुभयो । हालसम्म प्रदेश सरकारको १२ लाखभन्दा अरु राहत रकम नआएको उहाँँको भनाइ छ ।

यसैबीच नागार्जुन नगरपालिका–४ का युवाको समँहले दैनिक तीन सयलाई खाना खुवाउँदै आएको छ । लकडाउनको समयमा नागार्जुनभित्रका दैनिक मजदुरी गर्ने मजदुर, डेरामा बस्ने विद्यार्थी तथा निम्न आय भएकालाई सो समँहले खाना खुवाउँदै आएको छ ।

आफँहरुले स्वस्फँर्त रुपमा खाना खुवाउने गरेको सो समँहका संयोजक क्षिजिज सापकोटाले बताउनुभयो । आफँ मात्र होइन सकेसम्म कोही पनि भोको नरहँन् भनी नगरपालिकाले सारेको राहत खाद्यान्न सामग्री वितरणलाई ध्यानमा राखी निःशुल्क खाना खुवाएको उहाँको भनाइ थियो ।

सो युवा समँहलाई परिवर्तनका लागि नागरिक जालो, श्री महेश धर्म, भँतपँर्व विद्यार्थी समाज र सरुवा रोगविरुद्ध जनजागरण अभियानले सहयोग गरेको छ ।
‘आफँहरुले नै पकाएर खुवाऔं समाजसेवा गरौं’ भन्ने भावनाले अभिप्रेरित भएर विगत ५ दिनदेखि खाना सुवाउँदै आएको अर्का युवा राजु सिलवालको भनाइ छ । शनिबारसम्म १ हजार जनालाई खाना खुवाइएको संयोजक सापकोटाले बताउनुभयो ।