काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका एक हजार बढीको -यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौँ महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिका क्षेत्रभित्र वसोवास गर्दै आएका र उनीहरुको सम्पर्कमा रहेका १ हजार १६ जनाको ¥यापिड डाइनोस्टिक टेस्ट गरेको छ । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना सम्पर्कमा पुगेको जानकारीसँगै काठमाडौँ महानगरपालिकाले सुरुमा वडा नम्बर–५ का ३९ जनाको –यापिड टेस्ट गराएको थियो ।

त्यसपछि निरन्तर रुपमा टेष्ट गर्दै आएको महानगरपालिकाले आजसम्म ३२ वटै वडामा ¥यापिड टेस्ट गरिसकेको छ । टेष्ट गरेका सबैको रिपोर्ट नेगेटिभ आएको महानगरपालिकाले जानकारी दिएको छ ।आज मात्रै पनि वडा नम्बर–११, १२, १६, २५, २८, २९, ३० र ३२ का १ सय १५ जनाको ¥यापिड टेष्ट गरिएको काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र बिलास बज्राचार्यले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले २०७६ फागुन १८ पछि विदेशबाट फर्किएर महानगर क्षेत्रमा बसोबास गरिरहेका, कोरोना लक्षणको शंका लागेकालगायतका व्यक्तिहरुको संक्रमणको अवस्था पत्ता लगाउन परीक्षण गरेको जानकारी दिनुभयो । ‘हामीले आजसम्म ३२ वटै वडाका १ हजार १६ जनाको ¥यापिड डाइनोस्टिक टेस्ट सम्पन्न गरेका छौँ ।

अझै पनि परिक्षणका क्रममा कोही छुटेका छन् र त्यस्तो जानकारी कसैलाई छ वा त्यस्तो व्यक्ति महानगरपालिका भित्र आएर बसोबास गरिरहेको कसैले देख्नुभएको छ भने सम्वन्धित वडा कार्यालय वा नजिकको प्रहरीमा खवर गर्नुहोला,’ प्रमुख शाक्यले भन्नुभयो, ‘हामी उहाँहरुको तत्काल परिक्षण गरेर उहाँलाई, उहाँको परिवारलाई र समग्र महानगरवासीलाई नै कोरोना संक्रमणको भयबाट मुक्त गराउन चाहन्छौँ ।’ काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले अहिलेसम्म ६२ हजार २ सय बढीलाई राहत वितरण गरेको र १८ हजार ४ सय ६३ जनालाई खाना खुवाएको जानकारी दिनुभयो ।