बाह्र रेन्जरको हत्या

0
Shares

किन्सासा,एजेन्सी। 

प्रजातान्त्रिक गणतन्त्र कँगोको भिरुन्गा राष्ट्रिय निकुन्जमा आशंकित रुवान्डाली लडाकु समुहका सदस्यहरुको आक्रमण कम्तिमा १२ जना बन रक्षक अर्थात रेन्जर मारिएको शनिवार स्थानिय संचार माध्यमले जनाएको छ । सरकार अधिकारी कोस्मा विलुन्गुलाले अघिल्लो दिन भएको सो हमला कंगोको
ईतिहासमै अत्यन्तै भयावह भएके बताएका छन् ।

उनले रेन्जरहरुले सुरक्षा दिँदै लाँदै गरेको सर्वसाधारण चढेको सवारी साधनमाथि एक्कासी करिब ६० जना छापामारले आक्तमण गरेको जानकारी दिएका छन् । पहाडी गुरिल्लाहरु समेत रहेको यो निकुन्ज अफ्रिकाकै सबैभन्दा पुरानो पर्यटकीय गन्तव्य मानिन्छ । कँगोको पूर्वी विकट स्थानमा रहेको यो निकुन्जलाई विश्व सम्पदा सुचिमा पनि राखिएको छ ।