राहत पाउन परिवार फुट्दै

0
Shares

राम धामी,डडेल्धुरा ।

गाँउपालिकाभरिका सबै दलित परिवारलाई राहात उपलब्ध गराउने निर्णय गरेर लगत संकलन शुरु गरेको डडेल्धुराको गन्यापधुरा गाँउपालिकाले पाँचओटै वडामा कुल एक हजार एक सय ३० दलित परिवारको तथ्यांक संकलन ग¥यो । लगतमा समावेश भएका गाँउपालिकाभरिका दलित समुदायलाई राहात उपलब्ध गराउन जिल्लामा कृयासिल गैर सरकारी संस्था, निजी क्षेत्र र सरकारी निकायसँग समन्वय गरिरहेकै बेला एकाएक दलित समुदायका परिवारहरु फुटन थाले ।

“गाँउपालिकामा रहेका मजदुर र विपन्न समुदायका ब्यक्तिहरुलाई पहिलो चरणको राहात वितरण गरिसकेपछि दोस्रोचरणमा सबै दलित घरधुरीलाई राहात दिने निर्णय ग¥यो,” गाँउपालिका अध्यक्ष नबलबहादुर मल्लले भने, “राहात वितरणगर्दा सम्म दलित समुदायका परिवार फुटेर कुल एक हजार एक सय ८० परिवार भइसकेका छन ।”

गन्यापधुरा गाँउपालिका–१ का वडासचिव अंकिलाल भट्टले राहात पाउने भएपछि दलित समुदायका परिवारहरु धमाधम छुट्टिएकाले घरधुरी संख्या ह्वातै बढेको जानकारी दिए । “गाँउपालिकाले लगाएको कर र समाजिक तिरो रकम तिर्दा एकै परिवार भएको बताएर कम तिर्ने र राहात पाउदा अलग अलग परिवार भएको भन्दै बढि राहात माग्ने प्रवृती बढेको छ ।” उनले भने, “कोरोना महामारीका बेला राहात वितरण गरिरहँदा दलित समुदायका घरपरिवार फुटेर गाँउपालिकाभरि कुल ५० घरधुरी संख्या बढेको पाइएको छ ।”

राहात पाउनका लागि एउटै घरधुरीका ब्यक्तिले पनि अलग परिवार भएको भन्दै बढि राहात माग्ने प्रवृती बढदै गएको परशुराम नगरपालिका वडा नं. ७ का वडाध्यक्ष केशब बोहराले बताए । उनले राहात पाउनकै लागि परिवार फुटनु विडम्बना भएको जिकिर गरे । यस्तो प्रवृतीले समाजको अभिन्न अंग मानिने परिवार संस्थानै धरासायी हुनसक्ने समाजशास्त्री कैलाश कुमार पाण्डेय बताउछन ।

जिल्लामा सबैभन्दा बढि दलित घरधुरी रहेको गन्यापधुरा गाँउपालिकामा दलित समुदायका लागि राहात वितरण भईरहेको प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङले बताए । उनले गाँउपालिकाभरिका कुल दुई सय ५० दलित परिवारलाई एकीकृत विकास समाज डडेल्धुराद्वारा एफसीएको सहयोगमा कार्यान्वयन भईरहेको सिमान्तकृत बर्गको शशक्तीकरण तथा जिविकोपार्जन परियोजनाको सहयोगमा राहात वितरण भईसकेको र बाँकी परिवारलाई गाँउपालिकाको बजेटबाट नेपाल सरकारको नर्मसअनुसार राहात वितरण भईरहेको जानकारी दिए ।

कोरोना महामारीको सन्त्रासका कारण जारी लकडाउन अवधी लम्बिदै जाँदा ज्याला मजदुरी गरेर जीवन यापन गरिरहेका विपन्न समुदायका नागरिकहरुले सास्ती खेपिरहेका छन । दलित तथा विपन्न समुदायको मार्कालाई बुझेर राहात वितरण गर्न थालिएको गन्यापधुरा गाँउपालिका वडा नं. २ का वडाध्यक्ष इन्द्र कार्कीले बताए ।

गाउँपालिका भित्रका सम्पूर्ण दलित परिवारलाई राहात वितरण गर्ने पहिलो गाउपालिका पनि गन्यापधुरा गाउपालिका बनेको छ । गाउपालिका भित्र रहेका पाचओटै वडाका सम्पूर्ण दलित परिवारहरुको परिवारको संख्या, आम्दानीको स्रोतका आधारमा सम्बन्धित वडाहरुले राहत बितरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

गन्यापधुरा गाँउपालिको वडा नं. १ मा एक सय ४६, वडा नं. २ मा दुई सय २५, वडा न ३ मा चार सय ४७, वडा नं. ४ मा एक सय ९५ र वडा नं. ५ मा एक सय ६७ दलित घरधुरी गरेर कुल एक हजार एक सय ८० दलित परिवारलाई राहात बितरण गरिएको गन्यापधुरा गाउपालिका प्रेश सल्लाहाकार मनोज देउवाले जानकारी दिए । राहात स्वरुप दलित समुदायका हरेक घरधुरीलाई ३० किलो चामल, दुई किलो दाल, दुई किलो चिनी, दुई लिटर खानेतेल र एकहजारदिने आमाहरुलाई एक क्रेट अण्डा, दुई किलो चना र दुई किलो अरहरको दाल उपलब्ध गराइएको छ ।