दैवी प्रकोप उद्धार समिति रसुवाद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री वितरण

0
Shares

सरस्वती न्यौपाने,रसुवा ।

विपद व्यवस्थापन समिति रसुवाले नेपाल पत्रकार महासंंघ रसुवा शाखालाई शनिबार (कोभिड-१९) संंक्रमण नियन्त्रण सम्बन्धी स्वास्थ्य सामाग्री वितरण गरिएको छ। समितिले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्माीहरूलाई कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि बिभिन्न स्वास्थ्य
सामग्री विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नेपाल पत्रकार माहासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडालाई हस्तान्तरण गर्नुभएको हो।

उहाँले ४५० पिस फेस मास्क, ३० पिस पञ्जा,२४ पिस सेनिटाईजर,एन-९५ मास्क २४ पिस लगायत स्वस्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।महामारीको समयमा पत्रकारहरूले स्थलगत रिपोर्टिङमा जादा संक्रमण वढ्न सक्ने हुँदा सुरक्षाका लागि वितरण गरिएको विपद् व्यवस्थापन समिति रसुवाले जनाएको छ ।