आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द

0
Shares

न्यु अफ नेपाल,काठमाडौँ ।

सरकारले आन्तरिक तथा वाह्य उडान जेठ २ गतेसम्म बन्द गर्ने भएको छ । आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले उक्त निर्णय गरेका हो ।

समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडानलाई थप समय रोक्ने निर्णय गरेको हो ।यसअघि सरकारले वैशाख १८ सम्म मात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो।

 यस्तै समितिको बैठकले लकडाउनबारे निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई दिएको छ।