एजेन्सी । साउदी अरेबियाको सर्वोच्च अदालतले कोर्रा हान्ने ‘छडीले हिर्काउने’ सजाय खारेज गरेको छ ।
यसको विकल्पमा जेल सजाय अथवा जरिवाना सजाय गरिने अदालतले जनाएको छ । मुस्लिम राष्ट्र साउदी अरबमा विभिन्न घटनाका दोषीलाई कोर्रा लगाउने सजाय थियो । विभिन्न मानव अधिकार संस्था र मानव अधिकारवादीहरुले यसको विरोध गर्र्दै आएका थिए ।
यसमा महिलालाई समेत कोर्रा हान्ने गरिएको थियो ।











प्रतिक्रिया