अमेरिकामा लकडाउन आँशिक खुल्ला गरिदै

0
Shares

वासिंगटन, (एजेन्सी) ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस महामारीका कारण मर्नेको संख्या एकाउन्न हजार नाघिसकेको अवस्थामा अमेरिकाले तीनवटा राज्यमा केहि पसलहरु खोल्ने अनुमति दिएको छ । जर्जिया र ओकलाहामामा सैलुन र स्पा सेन्टरहर खोलिएका छन् भने अलास्काले रेस्टुरेन्टहरु खोल्ने अनुमति दिएको छ ।

शुक्रवार अमेरिकी राष्ट्रपतिले नियमित भन्दा निकै छोटो प्रेस ब्रिफिंगमा प्रश्नहरु सुन्न अस्विकार गर्दै हिंडेका थिए । उनी संक्रमण प्रतिरोधात्मक औषधि हरु सेवन गर्दा कोभिड १९ संक्रमितहरुलाई फाइदा हुन सक्ने अभिव्यक्ति दिएर नराम्ररी विवादमा पर्नुका साथै आलोचित भएका थिए ।