कोरोना अपडेट : विश्वभर एक लाख ९७ हजार २४५ जनाको मृत्यु, २८ लाख ३० हजार ३८ संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर एक लाख ९७ हजार २४५ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका २८ लाख ३० हजार ३८ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७ लाख ९८ हजार ६३८ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ५२ हजार १ सय ८५ जनाको मृत्यु भएको छ भने ९ लाख २५ हजार ३८ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो इटली जहाँ २५ हजार ९६९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ९२ हजार ९९४ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३२ जनाको मृत्यु भएको छ ।

यस्तै, स्पेनमा २२ हजार ५२४, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६, इरानमा ५ हजार ५७४, बेल्जीयममा ६ हजार ६७९, जर्मनीमा ५ हजार ७६०, नेदरल्याण्डमा ४ अजार २८९, टर्कीमा २ हजार ६००, स्वीजरल्याण्डमा १ हजार ५८९, ब्राजिलमा ३ हजार ६७० जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ४९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन । यस्तै, निको भउका दस जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन् ।