पेरिस, (एजेन्सी) ।
फ्रान्सले अनलाइन माफर्त हुने निकोटिनमा आधारित उत्पादनको बिक्रीमा प्रतिवन्ध लगाएको छ । साथै त्यस्ता वस्तुहरुको औषधि पसलहरु मार्फत हुने बिक्रि वितरणमाथि पनि कडाई गरिएको छ ।
कोरोना भाइरस संक्रमणबाट बचाउने काममा निकोटिनको पनि केहि भुमिका हुनुपर्ने भन्ने अनुसन्धानकर्ताहरुको भनाई सार्वजनिक हुनासाथै मानिसहरुको त्यस्ता वस्तु प्रति अनवश्यक रुपमा आकर्षण बढेकाले सो प्रतिवन्ध लगाइएको हो ।
यो नयाँ नियम मानिसहरुलाई धुमपानको कुलत छुटाउन प्रयोग हुने निकोटिन गम र प्याचेजहरु माथि समेत लागु हुने जनाइएको छ । गत साता राजधानी पेरिसको एक अस्पतालले तुलनात्मक रुपमा धुमपान गर्नेहरु कोभिड १९ को उपचारका लागि कमै मात्र आउने गरेको तथ्याँक बाहिर ल्याएको थियो ।











प्रतिक्रिया