औषधिको विषयलाई लिएर ट्रम्प आलोचित

0
Shares

वासिंगटन, (एजेन्सी) ।

विश्वको एक प्रमुख संक्रमण प्रतिरोधक औषधि निर्माण कम्पनीले आफ्ना उत्पादनहरु मानव शरिरमा प्रयोग नगर्न शुक्रवार कडा चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ति औषधिहरु संभवत कोराना भाइरस संक्रमितहरुमाथि प्रयोग गर्न सकिने सल्लाह दिएपछि लाइसोल र डेटोल समेत उत्पादन गर्दै आएको रेकिट बेन्काइजर कम्पनीले आफ्ना उत्पादनहरुलाई कुनै पनि हालतमा मानव शरिर भित्र खाएर वा सुइ मार्फत प्रयोग गर्न नहुने स्पष्ट पारेको छ ।

विहिवार कोरोना भाइरस महामारीको विषयमा व्हाइट हाउसमा प्रेस ब्रिफिंग गर्ने क्रममा सो विचार प्रकट गरेको कारण ट्रम्पको व्यापक आलोचना भएको छ । ति औषधि शरिर भित्र प्रयोग गर्दा विषाक्त हुने बताइएको छ । शरिरको बाह्य भाग छाला , आँखा र श्वास प्रश्वास प्रणलीमा समेत तिनको प्रयो खतरनाक सावित हुन सक्ने चेतावनी कम्पनी दिएको छ ।