कोरोनाबाट अमेरिकामा फेब्रुअरी २९ अघिनै मानिसको मृत्यु भएको खुलासा

0
Shares

क्यालिफोर्निया (एजेन्सी) ।

अमेरिकामा कोरोना भाइरसबाट पहिलो मृत्यु फेब्रुअरी २९ भन्दा कयौं दिन अघि भएको थियो । फेब्रुवरीको शुरुवाटमा एक ब्यक्रीको मृत्यु पछि गरिएको जाँचमा उनी कोरोना पोजिटिव भेटिएपछि उक्त तथ्यको खुलासा भएको हो ।

अमेरिकामा कोरोनाबाट पहिलो मृत्यु फेब्रुअरी २९ मा भएको मानिन्छ । तर स्वास्थ्य अधिकारीहरुले देशमा कोरोना भाइरसबाट पहिलो मृत्यु फेब्रुअरी ६ मा भएको बताएका छन् । यद्यपी त्यतिबेला यो कोविड १९ बाट मृत्यु भएको हो भन्ने सोचिएको थिएन । यदी यो कुरा पहिलै थाहा पाएको भए सायद अमेरिका कोरोना विरुद्ध लड्नका लागि राम्रो तयारी गर्न सक्थ्यो, जहाँ अहिलेसम्म करिब ५० हजारको मृत्यु भइसकेको छ ।

क्यालिफोर्नियको सान्टा क्लारा काउन्टीको मेडिकल अधिकारीहरुले कोरोनको पहिलो मृत्यु आधिकारीक घोषणा भन्दा केही हप्ता अगाडी नै भएको संकेत दिएको एनबीसी न्युजले जनाएको छ । कोरोनाबाट पहिलो मृत्यु फेब्रुअरी ६ र दास्रो फेब्रुअरी १७ मा भएको उनीहरुले बताएका छन् । स्वास्थ्य जाँचकर्ता कोरोनरले विज्ञप्तीमा भनेका छन् । हामीलाई सीडीसीबाट ती दुबै केसमा टिसु सेम्पल र्सो कोव-२ पोजिटिव पाएको सुचना प्राप्त भएको छ ।

अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म ४४ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ र ८ लाख ८० हजार भन्दा धेरै संक्रमित छन् । क्यालिफोर्नियामा मात्र ४० हजार भन्दा धेरैमा संक्रमण पाइएको छ भने करिब १४ सयको मृत्यु भइसकेको छ ।

यसबीच अधिकारीहरुले फेब्रुअरीमा भएको २ मृत्यु र मार्च ९ मा भएको एक मृत्युलाई सुरुमा कोरोनाबाट मरेको भन्न अस्किार गरिएको बताए । किनभने उनीहरुको मृत्यु घरमै भएको थियो र जाँचको सुविधा पनि कम थियो । उनले भने ( त्यतिबेला सीडीसीले यात्राबाट फेर्केकाहरुको मात्र जाँच गरिरहेको थियो ,जसले विशेष लक्षणका कारण मेडिकल जाँचको माग गरेका थिए ।

अमेरिकामा अहिले जाँचमा तिब्रता आएको छ । हरेक दिन ८० ब्यक्तीमा १ जनाको जाँच भइरहेको छ ।