बेलायतले आफ्ना नागरिक लैजान १४ वटा चार्टर विमान भारत पठाउने

0
Shares

नयाँ दिल्ली । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ। भारतमा रहेका बेलायती करिब ३ हजार ६०० जना नागरिक बेलायत लैजान लागेको बताइएको छ।

दक्षिण एसिया तथा कमनवेल्थसम्बन्धी बेलायती मन्त्री लर्ड (तारिक) अहमदका अनुसार ती विमानहरु यही अप्रिल २८ मा भारतमा पठाइने छ। बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि चार्टर विमानहरु पठाएको थियो। यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५०० जना नागरिकलाई स्वदेश फर्काइसकेको छ। उनका अनुसार बेलायतले आगामी दिनमा पनि भारतमा रहेका करिब ७ हजार नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ।

अहिले बेलायत र भारतमा नियमित उडानहरु बन्द छन्। तर पनि बेलायतले स्वदेश फर्किनुपर्ने समस्यामा रहेका नागरिकहरुलाई छानेर उनीहरुको उद्धार गरी स्वदेश लाने गरेको छ।

भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको छ।