लन्डन, (एजेन्सी)
वेलायतका बैज्ञानिकहरुले विहिवार मानव माथि कोभिड १९ विरुद्धको संभावित खोपको चिकित्सकिय परिक्षण शुरु गरेको छ । युरोपभरिका अन्य खोप वकासमा लागिपरेका कम्पनीहरुले पनि प्रयोगात्मक परिक्षण कार्यलाई अघि बढाएका छन् ।
वेलायतको अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धान टोलिले ‘ चाडोक्स १ एन कोभ – १९ नामक खोप स्यमसेवक मानवमाथि परिक्षण गरेको हो । यसैगर इटालीको रेइथेरा , जर्मनीको ल्याकोकेयर र बेल्जियमको युनिभर्सल्सले खोप विकासको कार्य तिव्र गतिमा अघि बढि रहेको र केहि महिना भित्रै तिनीहरुलाई मानव माथि चिकित्सकिय परिक्षण गरिने जानकारी दिएका छन् ।
यसैगरी वेलायतको जिएसके र फ्रान्सको सानाफी कम्पनीले पनि गत साता कोभिड १९ विरुद्धको खोप आविष्कारका लागि सहकार्य गर्ने घोषणा गरेका थिए । हाल विश्वभरिका करिव १ सय वटा जैविक प्रविधि र अनुसन्धनकर्ताहरुको टोलि कोरोना भाइरस विद्धको खोप तयार गर्न जुटिरहेका छन् ।
अक्सफोर्डका बैज्ञानिकहरुले सो खोप प्रभाबकारी सावित हुन अघि नै लाखौं संख्यामा तयार गरिसकेको दावी गरेका छन् । यसैगरी चीनमा पनि बाँदर माथि गरिएको खोप परिक्षण सकारात्मक देखिएपछि मानव माथि परिक्षण तयारी भइरहेको चिनिया साइनोभ्याक बायोटेक कम्पनीले जनाएको छ ।











प्रतिक्रिया