कोरोनाबाट मृत्यु सरकारी आंकडा भन्दा धरै नै बढी

0
Shares

वासिंगटन (एजेन्सी)

कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या जुन बताइएको छ, वास्तविक संख्या त्यो भन्दा धेरै भएको विज्ञहरुले बताएका छन् । न्युयोर्क टाइम्सको ताजा विश्लेषणबाट गत महिना कोरोना सक्रमणबाट मर्नेको संख्या बताइएको भन्दा २५ हजार बढी भएको पत्ता लागेको छ ।

कोरोना संक्रमित ११ देशको डाटाको विश्लेषणबाट गत महिना ती देशमा गत बर्षको तुलनामा धेरैको मृत्यु भएको नतिजाले देखाएको छ । यसमा कोरोना संक्रमण बाहेक अन्य रोगबाट भएको मृत्यु पनि पर्छ ।

केही मृत्यु अन्य रोगका विरामीलाई भर्ना नगरिएकोले पनि भएको बताइएको छ । आंकडामा पनि कमी देखाइएको छ । किनभने मानिसहरु भाइरसबाट जसको मृत्यु भएको हो, उनीहरु त्यसै पनि मर्ने भएकोले वास्तविकता यो भन्दा अलग भएको अध्ययनले देखाएको छ ।

आधिकारिक र वास्तविक आंकडामा अन्तर ती देशहरुमा देखिएका छन्, जसले समस्या स्विकार्न ढिलाई गर्यो । इस्तानबुलमा मार्च ९ देखि अप्रिल १२को बीचमा २ हजार १ सय मृत्यु सामान्य भन्दा बढी भएको छ । यो आंकडा सरकारी आंकडाको दुई गुणा हो ।

मार्चको मध्यमा मृत्युदरमा देखिएको बृद्धीले यहाँ संक्रमण फेब्रुअरीमा नै शुरु भइसकेको देखाउँछ । अर्थात जुन बेला टर्की सरकार विरामीको सनाखत गर्न शुरु गरेको यियो, त्यतिबेलासम्म संक्रमण धेरै नै फैलिसकेको थियो ।

मार्चमा इन्डोनेसिय सरकारले जाकार्तामा कोरोनाबाट मर्नेको संख्या ८४ बताइएको थियो, जबकी जाकार्ताका चिहानमा सामान्य भन्दा १ हजार भन्दा धेरै शव गाडिएको थियो । यसबीच पेरिसमा आम दिनको तुलनामा दुई गुणा मृत्यु भइरहेको थियो ।

यो फ्लु महामारीको समयमा हुने मृत्यु भन्दा धेरै हो । न्युयोर्कको कुरा गर्ने हो भने त्यहाँ पनि सामान्य दिनको तुलनामा चार गुणा मृत्यु भइरहेको थियो । वास्तामा युरोपेली देशमा यो दर २० देखि ३० प्रतिशत थियो । अर्थात मृत्य हुनेको संख्या लाखौंमा पुगेको देखिन्छ ।