टेक्सस (एजेन्सी)
चीनले कोरोना भाइरसमाथि जित हासिल गरेको घोषणा गरिसकेको छ । उक्त भाइरसको केन्द्र मानिएको वुहानमा दैनिक जनजीवन करिब सामान्य भइसकेको छ । तर यसका लागि उसले धेरै ठूलो मुल्य चुकाउनु परेको थियो । टेक्ससकी पत्रकार ट्रेसी वेन लीयुले वुहानमा संक्रमणको सुरुवाटका दिनहरुमा काम गरेका डाक्टरहरुसँगको कुराकानीमा धेरै कुराको खुलासा गरेकी छिन् ।
वुहानको नम्बर ४ अस्पतालका डाक्टर ली (परिवर्तित नाम) ले भने – विहान अस्पतालमा अस्पतालको भुईमा एक ब्यक्ती लडिरहेको देखेँ । त्यसको केही पर अर्को लडिरहेका थिए र मुश्किलले स्वास लिइरहेका थिए । एक युवा चिच्याउँदै फोनमा मद्दत मागिरहेका थिए । सबैतिर विरामी र उनीहरुका आफन्त थिए । पुरै फ्लोर फोहर, रगत, बान्ता र थुकले भरिएको थियो । विरामीहरुलाई ८–८ घन्टा कुर्नु परेको थियो । यस क्रममा कयौं बेहोस भएर लडेका थिए । कयौं मृत्युको नजिक पुगे वा मृत्यु नै भए ।
डाक्टर ली बताउँछन् – विरामीहरुको मृत्युका कारण आक्रोसितहरु डाक्टर, नर्स, मेडिकल स्टाफहरुसँग मारपितमै उत्रिन थाले । लुगा र मास्क च्यातिदिन थाले । उनीहरु भन्थे – यदी हामी विरामी हुन्छ भने सँगै र मर्छ भने पनि सँगै । हामीसँग न त पर्याप्त जनशक्ती थियो न त उपकरण नै ।
हामी नागरिकहरुको मद्दतका लागि संघर्ष गरिरहेका थियौं । शुरुमा नै कयौंको मृत्यु भयो । अस्पतालबाट भ्यानमा शवहरु भरेर जान थाल्यो । पछि कार्गो ट्रककै ब्यवस्था गर्नु पर्यो । कर्मचारी शवहरु ब्यागमा हालेर ट्रकमा फ्याँक्थे ।
लीका अनुसार, कोरोनाले हामीलाई मानसिक रुपमा भयानक झट्का दियो । न खान सक्थेँ , न त सुत्न नै । प्राय रोइरहेको हुन्छु । मानिसहरु हामीलाई हिरो भन्छन, तर हामी हिरो होइन किनभने कयौंलाई हामीले बचाउन सकेनौं ।











प्रतिक्रिया