गाउँ-गाउँमा किटनासक औषधि छर्किंदै सेना

0
Shares

दयाराम पण्डित, बाजुरा

विश्वमहामारीका रुपमा फैलिएको नोभेल कोरोना (कोभिड १९)को संक्रमणबाट बच्न यतिवेला बाजुराका बजारदेखि ग्रामिण क्षेत्रमा किटनासक औषधी छर्किन थालिएको छ। बुधबार दिउँसो बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९ थापावाडमा नेपाली सेनाले किटनाशक औषधी छर्केको छ । समरजित गुल्म थापाथली ब्यारेकले कोरोनाभाइरस रोकथामतथा नियन्त्रणका लागी सो ठाउँमा किटनाशक औषधी छरिएको हो ।

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन पनि नेपाली सेनाले नागरिकलाई अपिल गरेको छ । सचेतना मुलक बिभिन्न कार्यहरु भइरहेको र गाउँमा किटनाशक औषधीपनि छर्र्किएको समरजित गुल्मका गुल्मपती रबिन श्रेष्टले बताउनुुभएको छ ।

यतिवेला गाउँमा देश विदेश बिभिन्न ठाउँबाट आएका हुनाले संक्रमणलाई न्युनीकरण गर्न औषधी छर्किएको गुल्मपती श्रेष्टले बताउनुुभयो । बिस्व नै कोरोनाको त्रासमा रहेका बेलाबाजुरा जिल्लामा नेपाली सेनाद्धारा पनि बिभन्न समयमा बिभन्न ठाउँमा औषधी छर्किने देखी जनचेतना र हेल्थ डेस्कमा समेत सघाउ पु¥याइरेको स्थानीयले बताउँदै आएका छन् । केहीदिन अगाडी त्रिबेणी नगरपालिकाका केही वडा सदरमुकाम मार्तडी लगायतका ठाउँमा किटनासक औषधी छर्केको हो ।

पछिल्लो समयमा त्रिबेणी नगरपािलकाको बाजुराको त्रिवेणीका ६० वर्षे बृद्ध र २२ वर्षे युवक र्यापिड डायनाष्टिक टेष्ट ( आरडिटीमा ) २ जनालाई कोभिड संक्रमणको आशंका गरिएको थियो ।पिसिआर चेकमाभने कोरोना नेगेटिभ आएको बताइएको छ । ६० वर्षे बृद्धलाई आइससोलेशन बाट डिस्चार्ज गरि अस्पताल वार्डमा सारेको अस्पताल श्रोतले बताएको छ। ।

त्यसैगरी बाजुराको बुढिगंगा नगरपालिकामा १ जनामा र्यापिड आरडीटी टेष्टमा पोजेटीभ देखिएको छ । र्यापिड टेष्ट गर्ने क्रममातिन पटक चेक गर्दा पोजेटिभ देखिएपछि आइसोलेसन कक्षमा राखेर उनको स्वाब परिक्षणका लागि धनगढी पठाइएको छ । पोजेटिभ देिखएकि १८ बर्षीया वालिका चैत १५ गते मावलि घर अछामबाट आएको बुझिएको छ । उनको स्वाप रिक्षणको रिर्पोट आइसकेको छैन।

स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने यो बारेमाकुनै पनिप्रतिक्रियादिएका छैनन् । पिसिआरको रिर्पोट नआउँदा सम्म बोल्न नहुने उनले भने ।

यतिबेला स्थानीहरु लकडाउनका कारण घर भित्र रहेका भएपनि बजारदेखि गाउँ सम्म सुरक्षाकर्मीकाे बाक्लो उपस्थितीले साहानुभुती भइरहेको स्थानीयले बताएका छन् । नेपाली सेना नेपालप्रहरी र शासस्त्र प्रहरीबललगायतका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गाउँमाआएर जनचेताना फैलाउनुुले स्थानीयलाई महामारीवाट बच्ने उपायबारे जानकारी पाएको बताएका छन् ।