सिड्नी, (एजेन्सी)
अस्ट्रेलियाली सरकारले जी–२० समूहका सदस्य राष्ट्रहरुलाई वन्यजन्तु तथा माछामासुको बजार जैविक सुरक्षा तथा मानव स्वास्थका लागि खतरनाक भएको बताएको छ ।
अझैसम्म अस्ट्रेलियाली सरकारले ताजा खाद्यान्न जस्तै माछा र मासु बेच्ने यस्ता बजारहरुमाथि प्रतिबन्धै लगाउन आग्रह गरिसकेको छैन, बरु तिनीहरुलाई क्रमशः न्यूनीकरण गर्दै लान सुझाव दिएको छ । यस्ता केही बजारमा अन्य वन्यजन्तुका मासु पनि बेचिने गरिन्छ ।
चीनको हुवेइ प्रान्तको उहान शहरस्थित यस्तो मासु तथा जीव बजारबाटै कोरोना भाइरस शुरु भएको हुनुपर्ने अनुमान गरिएको छ । त्यहाँ जिउँदै जनावरको पनि अवैध कारोवार हुने गर्दथ्यो ।
उहानको सो बजारमा स्याल, फ्याउरो, ब्वाँसो, कछुवा र सर्प आदि जनावरहरु पनि बेचिने गरिएको बताइएको छ । जी–२० समूहका कृषिमन्त्रीहरुको यस्ता बजार सम्बन्धमा बैठक बसेपछि अस्ट्रेलियाले यो आह्वान गरेको हो ।











प्रतिक्रिया