उहान, (एजेन्सी) ।
कोरोना भाइरस संक्रमणको उपचारका क्रममा अनौठो असर देखिएको छ । चीनको उहानमा कोरोना बिरामीको उपचार गरिरहेका चिकित्सकहरुको छाला कालो भएको छ ।
उहान सेन्ट्रल हस्पिटलका डाक्टरमा पनि यस्तै परिवर्तन देखिएको छ । डाक्टर यी फेन र डाक्टर हु विफेंगलाई जनवरी १८ मा कोरोना संक्रमण भएको थियो । उनीहरु करिब ६ हप्तासम्म अस्पतालमै बसे र यस क्रममा उनीहरुको पँरै शरीर कालो भयो ।
चिनियाँ सञ्चार माध्यम सीसीटीभीको एक समाचारअनुसार डाक्टर यी पेसाले मुटु रोग विशेषज्ञ हुन् । संक्रमणपछि उपचारका क्रममा ३९ दिनसम्म भेन्टिलेटरको सहयोगमा बसे । उनी ठीक भइसकेका छन् । डाक्टर यीले सीसीटीभीलाई भने (कोरोनासँग लड्ने क्रममा मानसिक रुपमा धेरै प्रभावित भइयो, शरीर पँरै गलेको थियो । म बिनामद्दत हिंडडुल गर्न सकिरहेको थिइनँ ।
जब उनी होसमा आए, आफ्नो स्थिति देखेर उनी निरास भए र त्यसबाट ठीक हुन काउन्सिलिङसम्म आवश्यक परेको यीले बताए ।
उनका साथी डाक्टर हु विफेङको संघर्ष झन पीडादायी रह्यो ।
हु ९९ दिनसम्म अस्पतालको बेडमै रहे र ४५ दिन भेन्टिलेरमा लाइफ सपोर्ट दिइयो । उनको उपचार गर्ने डाक्टर ली सुसेगका अनुसार हुको मानसिक स्थिति अत्यन्त नाजुक रह्यो । फेबु्रअरी ७ देखि मार्च २२ सम्म हु संक्रमणबाट अत्यन्त ग्रसित थिए । बिस्तारै बिस्तारै स्थितिमा सुधार आएको र अप्रिल ११ मा केही बोल्नसक्ने स्थितिमा पुगे ।
डाक्टर ली सुसेङका अनुसार छालामा आएको परिवर्तन उपचारका क्रममा दिइएको कुनै औषधिको कारण हुनसक्छ । यद्यपि डाक्टर लीले कुन कुन औषधि दिइएको थियो भन्ने विषयमा स्पष्ट गरेका छैनन् । जब औषधिको साइड इफेक्ट कम हुनेछ, उनीहरुको छालाको रंग सामान्य हुने आशा छ ।











प्रतिक्रिया