वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानी युद्धपोतले अमेरिकी जहाजका लागि समस्या उत्पन्न गर्छ भने त्यसलाई प्रहार गर्न नौसेनालाई निर्देशन दिएको छ । एक हप्ता अगाडि पर्सियन खाडीमा अमेरिकी युद्धपोत ११ सैन्य जहाजद्वारा घेरिएको समाचार आएपछि ट्रम्पले उक्त आदेश दिएका हुन् । अमेरिकी नौसेनाले उक्त घटनालाई खतरनाक र भड्काउने खालको बताएको थियो ।
ट्रम्पले ट्विटमा भनेका छन्– ‘मैले अमेरिकी नौसेनालाई निर्देशन दिएको छु, यदि समुद्रमा हाम्रा जहाजहरुलाई दुःख दिन्छ भने कुनै पनि इरानी गनबोटलाई प्रहार गरी नष्ट पार्नँ ।’
गत हप्ता अमेरिकी नौसैनिक युद्धपोतलाई घेर्ने इरानी जहाज त्यहाँको रिभोलुसनरी गार्डस्को भएको रोयटर्सले जनाएको थियो । अमेरिकाले उक्त संगठनलाई आतंककारी संगठन घोषणा गरेको छ । त्यसपछि दुई देशबीच विद्यमान तनाव झन् बढेको थियो ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानी जहाजको गतिविधि अमेरिकी युद्धपोत अन्तर्राष्ट्रिय समुद्री सीमामा थियो । उक्त अमेरिकी सैन्य वेडा सैन्य हेलिकोप्टरसँग मिलेर अभ्यास गरिरहेको थियो । एक स्थानमा इरानी जहाज अमेरिकी तटरक्षक बलको जहाजको १० गज दूरीसम्म पुगेको थियो ।
बुधबार इरानले आफ्नो पहिलो सैन्य भू–उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेकै दिन ट्रम्पको उक्त बयान आएको हो । उक्त प्रक्षेपणलाई लिएर अमेरिकाले इरानमाथि क्षेप्यास्त्र कार्यक्रमको ढाकछोप गर्न त्यसको प्रक्षेपण गरेको आरोप लगाएको छ । रिभोलुसनरी गार्डले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ– ‘इरानको पहिलो स्याटलाइट सफलतापँर्वक कक्षमा प्रवेश गरेको छ ।’
घचम एबनभ
फोटो
दददददददददद
खखखखखखख











प्रतिक्रिया