बालिकाको बलात्कारपछि आखाँमा चोट

0
Shares

नयाँदिल्ली,एजेन्सी ।

भारतको मध्य प्रदेश राज्यमा छ वर्षिया बालिकालाई उनकै घर बाहिरबाट अपहरण गरी धलात्कार गर्ने एक अपराधिको प्रहरीले विहिवार व्यापक खोजि सुरु गरेको छ ।

संभवत आफुलाई नचिनोस् भन्ने उद्देश्यले होला ती वलात्कारीले बालिकाको आँखामा गम्भीर चोट पु¥याएको पाइएको छ । प्रहरीले जवलपुरको अस्पतालमा उनको चिन्ताजनक स्थितीमा उपचार भइरहेको बिबिसीलाई बताएको छ ।

राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानले यस घटनालाई निकै लज्जास्पद भएको प्रतिक्रिया दिएका छन् । प्रहरीले बुधवार साँझ दामोह जिल्लाको एउटा गाउँमा आफ्नो घर सामु साथीहरुसंग खेलिरहेकाबेला ति बालिका अपहरित भएको जनाएको छ ।

विहिवार बिहान उनलाई हात बाँधिएको र अचेत अवस्थामा गाउँकै एउटा निर्जन घरमा फेला पारिएको हो । अपराधिलाई पक्राउन सहयोग गर्नेलाई १० हजार भारु पुरुस्कारको घोषणा गरिएको छ ।