कतारको जेलमा रहेका १७ नेपालीलाई आममाफी

0
Shares

रोशन पराजुली,हेटौंडा ।

कतार सरकारले कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ नेपालीलाई आममाफी दिने घोषणा गरेको छ । नेपाली दूतावास दोहा कतारले जेलजीवन बिताइरहेका नेपालीहरुलाई कतार सरकारले आममाफी दिने घोषणा गरेको जानकारी आफ्नो पेजमार्फत् दिएको हो ।

विश्व नै कोरोना संक्रमणको महामारी रहेको अबस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको स्वास्थ्य र मानवीय अबस्थालाई ध्यानमा राखेर कैदीहरुलाई आममाफी दिने घोषणा सार्वजनिक गरिएको त्यहाँबाट हेटौंडेली पत्रकार अनिल पराजुलीले बताएका हुन् ।

दूतावासले कतारको बन्दीगृहमा रहेका १७ नेपाली रिहा हुने जानकारी दिएको छ । रिहा हुनेहरुमा १३ जना लागुऔषध कारोबार, २ जना चोरी, १ जना मादकपदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए ।

कतारमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७ हजार ७ सय ६४ पुगेको छ । बिहीवार थप ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण कतारमा संक्रमितको संख्या प्रत्येक दिन थपिँदै गएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ सय ५० जना निको भएर घर फर्किएका छन् । बिहीबार ६१ जना संक्रमित निको भएर फर्केका पत्रकार पराजुलीले बताएका हुन् ।