भेडा गोठालेको भीरबाट लडेर मृत्यु

0
Shares

शिक्षा पन्त,लमजुङ ।

लमजुङमा भीरबाट लडेर एकजना गोठालाको मृत्यु भएको छ । क्व्होलासोँथर गाउँपालिका–२ मालिङको भीरबाट लडेर बेसीशहर नगरपालिका–९ विम्दाबेसीका ४५ बर्षीय श्याम गुरुङको मृत्यु भएको हो ।

मालिङको तोल्जुङ जाने बाटोको भीरमा भेडा चराउन गएका गुरुङ एक्कासी भीरबाट खसेर घाइते भएको र उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार उनले मालिङका खेमजङ गुरुङ र हाइसुब्बा गुरुङको भेडा तथा बाख्रा फार्ममा काम गर्दै आएका थिए । करिव १ महिनादेखि काम गर्दै आएका उनी बुधबार भीरबाट लडेका हुन् । श्यामको शव पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको थियो ।